५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एम्बाप्पेको २ गोलको मद्दतले फ्रान्स राउन्ड १६ मा, स्विडेन ३-०ले पराजित



विश्वकप फुटबल २०२६मा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको जादुमयी प्रदर्शनमा दुईपटकको विश्वकप विजेता फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

न्यू योर्कमा सम्पन्न राउन्ड ३२ को खेलमा एम्बाप्पेले ४५ र ७४ मिनेटमा गरेको २ गोलको मद्दतले फ्रान्स राउन्ड १६ मा प्रवेश गर्दा स्विडेन ३-०ले पराजित भयो । उनी विश्वकपमा कुल १८ गोलको साथ दोस्रो स्थानमा रहेर  १९ गोल गर्ने मेस्सीभन्दा १ गोलले पछि छन् । फ्रान्सका लागी ब्राडी ब्राकोलाले थप गोल ५३ मिनेटमा गरे ।

यो २ गोल सङ्गै विश्वकप फुटबल २०२६मा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । गोल्डेन बुटमा अर्जेन्टिनी लियोनन मेस्सीसङ्गै समान ६ गोलको मद्दतले अग्रस्थानमा छन् भने नर्वेका हालान्ड ५ गोलको साथ दोस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ७ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज