विश्वकप फूटवल २०२६मा हालान्डको उत्कृष्ठ गोलसङ्गै नर्वे अन्तिम १६मा प्रवेश गरेको छ । भाइकिङ राष्ट्र नर्वेको यो जीतले अफ्रिकी मुलुक आइभेरीकोष्ट भने २-१ ले पराजित हुँदै घर फर्किएको छ । अब प्रिक्वाटरफाइनलमा नर्वेले ब्राजिलसँग खेल्नेछ ।
डलास स्टेडियममा सम्पन्न राउन्ड ३२को खेलमा नर्वेका एन्टोनियो नुसाले खेलको ३९ मिनेटमा गोल गर्दै अग्रता दिलाएकोमा इर्निङ हालान्डले ८६ मिनेटमा विजयी गोल गरे । यो गोलसङ्गै चालु विश्वकपमा आफ्नो व्यक्तिगत गोल ५ पुर्याउदै उनी गोल्डेन बुटको दावेदारमा मेस्सीलाई पछ्याइरहेका छन् ।
यसअघि आइभेरीकोष्टका अमाद डियालोले ७४ मिनेटमा गोल फर्काएका थिए ।








प्रतिक्रिया