अमेरिकामा जारी विश्वकप २०२६मा जापानलाई २-१ले हराउदै ब्राजिल अन्तिम १६मा प्रवेश गरेको छ ।
टेक्ससमा भएको राउन्ड ३२को खेलमा जापानका काइसु सानोले खेलको २९ मिनेटमा अग्रता लिएपछि पहिलो हाफमा जापान १-० ले अघि थियो ।
दोस्रो हाफको ५६ मिनेटमा कासिमिरो र इन्जुरी समयको ९६ मिनेटमा मार्टिनेलीले गोल गरेपछि ब्राजिल विजयी बन्यो ।
जापानको हारसङ्गै विश्वकपमा एसियाली चुनौती लगभग समाप्त भएको छ यद्यपी अष्ट्रेलियाले खेल्न बाँकी छ । पहिलोपटक एसियाबाट ९ राष्ट्र सहभागी भएकोमा जापान र अष्ट्रेलियामात्रै नकआउट चरणमा पुगेका थिए ।








प्रतिक्रिया