काठमाँडौं । विश्वकप फूटबलको समूह एचको खेलमा स्पेनले फितलो प्रदर्शन गरेको छ ।
अमेरिकाको एट्लान्टामा सम्पन्न खेलमा युरोपियन च्याम्पियन तथा सम्भावित विश्वकप विजेताको रुपमा हेरिएको स्पेनलाई कमजोर मानिएको अफ्रिकी केप भर्डेले गोलरहित बराबरीमा रोक्यो ।
५ लाख ५० हजार जनसंख्या भएको एटलान्टिक महासागरमा अवस्थित टापु राष्ट्र केप भर्डेको खेलमा आज ४० वर्षिय गोलकिपर भोजिन्हा नायक बने । उनले स्पेनले प्रहार गरेको कैयौं प्रहारहरु निस्तेज बनाउँदै केप भर्डेलाई महत्वपूर्ण १ अङ्क दिलाए ।








प्रतिक्रिया