फिदिम । मुलुकको सबैभन्दा ठुलो तथा सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको पाँचथर जिल्ला समितिको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिसस हलमा भएको सो अधिवेशनमा जिल्लाका सबै राजनैतिक दल र सरोकारवालाहरुले शुभकामना राखेको र सर्बसम्मत रुपमा जिल्ला नेतृत्व चयन भएको बताइएको छ ।
जिल्ला सभापति -प्रकाश गुरुङ, उप-सभापति -सहरसिङ तामाङ चयन हुँदा सचीवमा कुसल जबेगु, सह- सचिवमा कबिहाङ सेलिङ र काेषाध्यक्षमा सिर्जना रिजाल तथा सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चाैलागाइ, रेखा लावती, सबिना राई, इस्वरी प्रसाद निराैला, प्रयाग राज सुबेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनु भएको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधीहरुमा लक्ष्मण लावती र सृजना रिजाल तथा केन्द्रिय प्रतिनिधीहरुमा महेन्द्र विक्रम थाम्सुहाङ, चन्द्रराज आङदेम्बे, याम कुमार शिवाकोटी र माया चौहान छनौट गरेको बताइएको छ।
प्रकाशित मिति :
२४ जेष्ठ २०८३, आइतबार ९ :
१० बजे
प्रतिक्रिया