काठमाडौ । भारतको गोवामा सम्पन्न साफ महिला फूटबलको सेमिफाइनलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल पुग्ने सपना चकनाचुर भएको छ ।
केहीबेरअघि सम्पन्न सेमीफाइनल खेलमा नेपालले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्योहोरेको हो । खेलको २१ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।
उता ४५ मिनेटमा रितु चक्माले कर्नर किकबाट सिधै गोल गर्दै खेल बराबरी गरिन् ।
९३ मिनेटमा सुगारिकाले २ नेपाली डिफेन्डरलाई छक्याउँदै विजयी गोल गरेर बंगलादेशलाई फाइनलमा पुर्याइन् ।








प्रतिक्रिया