काठमाँडौं । देशभरका १५ हजार २७३ विद्यालयमा सयभन्दा कम विद्यार्थी रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
केन्द्रको अनुसार ९ हजार ७०४ विद्यालयमा ५ सय भन्दा कम विद्यार्थी तथा १ हजार ६३६ विद्यालयमा १ हजार भन्दा कम विद्यार्थी छन् ।
उता ४४९ विद्यालयमा १५ सयभन्दा कम विद्यार्थी छन् भने १३६ विद्यालयमा पन्ध्र सयदेखि २ हजार विद्यार्थी रहेको केन्द्रले जनाएको छ ।
यसरी नै २ हजार बढी विद्यार्थी रहेका विद्यालयहरु भने सयवटा रहेको बताइएको छ ।








प्रतिक्रिया