हिलिहाङ। साम्रे आधारभूत विधालयले आज स्थापनाकालिन विधालय सञ्चालक समिति अध्यक्ष र पूर्व २ शिक्षकहरुलाई सम्मान गरेको छ । प्रअ दिपेन्द्र योङहाङ तथा विव्यस अध्यक्ष भिमबहादुर पुरीले संयुक्तरुपमा स्थापनाकालिन विधालय सञ्चालक समिति अध्यक्ष श्री गुरूभक्त भूर्तेल , निवृत प्रअ रूद्रप्रसाद भूर्तेल साथै पूर्व शिक्षक बजिन्द्र प्रकाश याेङहाङलाई सम्मानपत्र, खादा र मायाको चिनोबाट सम्मान गर्नु भयो ।
यसै अवसरमा हाल झापा बुद्धशान्तिमा बसोबास गर्नुहुने पूर्व अध्यक्ष र प्रअ तथा भूर्तेल परिवारबाट रू दुई लाख बराबरको रामप्रसाद विष्णुमाया फर्सुराम स्मृति छात्रवृत्ति काेष स्थापना गरिदिनुभएकाे विधालय परिवारले जनाएको छ।
सो सम्मान कार्यक्रममा स्थानिय बुद्धिजिवी, अभिभावक तथा सरोकारवालाहरुको सघन उपस्तिगी थियो ।
प्रकाशित मिति :
१७ चैत्र २०८२, मंगलबार १० :
१६ बजे
प्रतिक्रिया