काठमाडौं । रु ५ लाख २ हजार २ नगद पुरस्कारको यस वर्षको पहिचान सम्मान आयामेली कवि बैरागी काहिँलालाई प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषको संस्थापक नरेश काङमाङ राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत सो सम्मान, पुरस्कार तथा ताम्रपत्र प्रदान गरिने आज घोषणा गरिएको हो ।
यसरी नै रु ५० हजार २०२ को पहिचान युवा सम्मान र ताम्रपत्र भने गणेश कुमार राई( गिलु रातोस) लाई प्रदान गरिने गरिने जनाइएको छ । उहाँलाई भने पहिचानको आन्दोलन र लेखनमा पुर्याउनु भएको योगदानको कदरस्वरुप प्रदान गरिने जनाइएको छ ।









प्रतिक्रिया