काठमाडौं। आयामेलि कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तीलविक्रम नेम्बाङ बैराँगी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीनदिने सम्मेलनले उहाँलाई ६ लाख राशिको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।
नेदरल्याण्डको द हेगमा जीवीएलओको छैटौं विश्व सम्मेलन चलिरहेको छ ।








प्रतिक्रिया