काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको छ । गतराती फोर्टहिल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पुरै ओभरमा ९ विकेट गुमाएर बनाएको २३६ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा नेदरल्याण्डले हार व्योहोरेको हो । उसले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रनमात्र जोड्यो ।
नेदरल्याण्डलाई धरासायी बनाउन सन्दिप लामीछाने र नरेश यादवले ३,३ विकेट लिए। दुवैले समान १० ओभरमा ३९, ३९ रन खर्चिए । ललित राजवंशीले २ तथा करन केसी र कुशल भुर्तेलले १, १ विकेट लिए । नेदरल्याण्डका वारेसीले ३६, एडवार्डले ३० तथा लेविट र क्लिनले २७ र २५ रन जोडे ।
नेपालले शुरुवातमा आरिफ शेखले २ छक्का र ७ चौकाको मद्धतमा ८५ बलको सामना गरेर ८४ रन जोडे । भिम सार्की र रोहित पौडेलले समान ३५, ३५ रन जोडे जसमा रोहितको १ छक्का र भिमको ४ चौका सामेल थियो । कुशल भूर्तेलले १८, दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे । कुशलले २ चौका र ऐरीले १ चौका हाने । डच टोलीका भान मिक्रानले ५८ रन खर्चिएर ४ तथा लेविटले ४९ रन खर्चिएर ३ विकेट लिए ।








प्रतिक्रिया