६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार श्याम सिंघकलाई मनमाया बान्तवा पुरस्कार



झापा, रेमिटल्यान्ड उपन्यास लेखेर चर्चामा आएका तेह्रथुमे उपन्यासकार श्याम सिंघकलाई यस वर्षको मनमाया बान्तवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । आज झापाको शिवसताक्षी-१ धरमपुरस्थित नवनासो पुस्तकालयको सभाहलमा रु १५ हजार रुपैयाको सो पुरस्कारबाट उहाँलाई पुरस्कृत गरिएको हो ।

मनमाया बान्तवा प्रतिष्ठानको अध्यक्ष निहाङ किराती तथा कवि मनु मन्जिलले संयुक्त रुपमा खादा ओढाएर उपन्यासकार सिंघकलाई पुरस्कार राशी सहित सम्मान पत्र प्रदान गर्नु भयो । यसअघि प्राज्ञद्वय मुनाराज शेर्मा र सुमित्रा चेलीले कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

पुरस्कार ग्रहणपछि उपन्यासकार सिंघकले आफूले पहिलो पटक पुरस्कारबाट सम्मानित बन्दा आफ्नो साहित्यिक कामको उचित मूल्याङकन भएको बताउदै आफूमा थप जिम्मेवारी आएको चर्चा गर्नु भयो । सिंघकको नयाँ कृति कोइलाखाद हाल चर्चामा छ।

सम्बत् २०७५ सालमा स्थापित सो प्रतिष्ठानले विगत ७ वर्षदेखि साहित्यकार तथा कलाकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यसअघि कविता राई, प्रकाश थाम्सुहाङ, विमला तुम्खेवालगायतका कविहरुलाई पुरस्कृत गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ९ : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज