५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पन्चानब्बे वर्षिय बेसहारा महिला चनमति माझीलाई घर निर्माण पछि हस्तान्तरण



हिलिहाङ । पाँचथर , हिलिहाङ गाँउपालिका वडा नं २पिनासी बस्ने ९५ बर्षिय बेसहारा महिला चनमती माझीलाई हिलिहाङ गाउँ पालिकाको  पहलमा बस्ने घर निर्माण गरेर आज हस्तान्तरण गरिएको छ ।

हिलीहाङ गाँउपालिका अध्यक्ष समर बहादुर अधिकारीको अनुसार कुनै आफन्त नभएको बृद्धलाई घर हस्तान्तरण गरिएको हो ।

उहाँले थप्नुभयो, “यो  पहल कदमीमा हिलिहाङ गाउँपालिका वडा नं १बस्ने मेरो छिमेको मेरो प्यारो भतिज खगेन्द्र खालिङ्को आर्थिक सहयोग र पहलकदमी छ । यसरी नै जम्वाला हाइड्रो पावर र सेर्पा हाइड्रो पावरको आर्थिक सहयोग तथा नेपाली सेनाको रणसेर गण पिनासीका लेप्टेन श्री लेख बिक्रम राइको नेतृत्वमा पुरै प्रबिधिक सहयोग  रहेको छ ।”

घर  निर्माण गरि आज निज चनमती माझीलाई घर हस्तान्तरण गरिएको कार्यक्रममा वडा नं २का वडा अध्यक्ष भिम प्रसाद हेम्ब्याको अध्यक्षता र प्रमुख अतिथिमा गाँउपालिका अध्यक्ष समर बहादुर अधिकारी तथा बिशिस्ठ अतिथीमा रणसेर गणका सेनानी मेजर अनुपसर एवम् इलाका प्रहरी कार्यालयभालुचोकका  प्रमुख प्रहरी बरिस्ठ नायक निरिक्षक मदन कुमार मैनाली हुनुहुन्थ्यो ।

दुइवटै हाइड्रो पावरका प्रतिनिधिहरुका साथै पिनासी निवासी जनता हरुको उपस्थितिमा भएको सो घर हस्तान्तरण कार्यक्रममा गाँउपालिकाको तर्फबाट घर निर्माणमा सहयोग पुर्याउनु हुने सहयोगी हातहरुलाई प्रशंसा पत्र समेत बितरण गरिएको थियो

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज