४ चैत्र २०८२, बिहिबार | March 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पन्चानब्बे वर्षिय बेसहारा महिला चनमति माझीलाई घर निर्माण पछि हस्तान्तरण



हिलिहाङ । पाँचथर , हिलिहाङ गाँउपालिका वडा नं २पिनासी बस्ने ९५ बर्षिय बेसहारा महिला चनमती माझीलाई हिलिहाङ गाउँ पालिकाको  पहलमा बस्ने घर निर्माण गरेर आज हस्तान्तरण गरिएको छ ।

हिलीहाङ गाँउपालिका अध्यक्ष समर बहादुर अधिकारीको अनुसार कुनै आफन्त नभएको बृद्धलाई घर हस्तान्तरण गरिएको हो ।

उहाँले थप्नुभयो, “यो  पहल कदमीमा हिलिहाङ गाउँपालिका वडा नं १बस्ने मेरो छिमेको मेरो प्यारो भतिज खगेन्द्र खालिङ्को आर्थिक सहयोग र पहलकदमी छ । यसरी नै जम्वाला हाइड्रो पावर र सेर्पा हाइड्रो पावरको आर्थिक सहयोग तथा नेपाली सेनाको रणसेर गण पिनासीका लेप्टेन श्री लेख बिक्रम राइको नेतृत्वमा पुरै प्रबिधिक सहयोग  रहेको छ ।”

घर  निर्माण गरि आज निज चनमती माझीलाई घर हस्तान्तरण गरिएको कार्यक्रममा वडा नं २का वडा अध्यक्ष भिम प्रसाद हेम्ब्याको अध्यक्षता र प्रमुख अतिथिमा गाँउपालिका अध्यक्ष समर बहादुर अधिकारी तथा बिशिस्ठ अतिथीमा रणसेर गणका सेनानी मेजर अनुपसर एवम् इलाका प्रहरी कार्यालयभालुचोकका  प्रमुख प्रहरी बरिस्ठ नायक निरिक्षक मदन कुमार मैनाली हुनुहुन्थ्यो ।

दुइवटै हाइड्रो पावरका प्रतिनिधिहरुका साथै पिनासी निवासी जनता हरुको उपस्थितिमा भएको सो घर हस्तान्तरण कार्यक्रममा गाँउपालिकाको तर्फबाट घर निर्माणमा सहयोग पुर्याउनु हुने सहयोगी हातहरुलाई प्रशंसा पत्र समेत बितरण गरिएको थियो

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ०४ बजे

निर्वाचनमा पराजयपछि नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट दिए राजीनामा

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली