६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोरङको जहदा गाउँपालिकामा एक महिलाको सामूहिक बलात्कार



विराटनगर- मोरङको जहदा गाउँपालिकामा अर्धचेत अवस्थामा फेला परेकी महिलाको सामूहिक बलात्कार भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो गाउँपालिका-३ स्थित जयरामपुरमा भएको घटनामा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार पक्राउ परेको बताए ।

प्रवक्ता जोशीका अनुसार जहदाका राजेन्द्र ऋषिदेवकी २३ वर्षीय छोरी मंगलबार बिहान घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी महिलालाई कटहरी गाउँपालिका -२ कदमगाछिस्थत बासझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीय र प्रहरीले महिलालाई मुखमा कपडाले बाँधेर हातखुट्टाबाधेको अवस्थामा फेला पारेका थिए । प्रहरीले महिलालाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज