६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु



शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज (शुक्रबार) दिउँसो अन्दाजी ४ बजे शनिश्वरेबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक ताप्लेजुङ श्रीजंङघा गाउँपालिका वडा नम्बर ६ का २६ वर्षिय सन्तोष लिम्बूको मृत्यु भएको हो । उनको टाउकोमा र छातीमा चोट लागी अवस्था गम्भीर रहेको थियो ।

तत्काल उपचारका बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएका थिए । सोही मोटरसाइकलको पछाडि सवार २३ वर्षीय श्रीप्रसाद लिम्बूको हातखुट्टामा सामान्य चोट लागेको छ । उनकाे उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ५४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज