५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इजरायलमा रोजगारीका लागि आवेदन दिएकामध्ये दुई हजार  ११२ जनाको नाम सार्वजनिक



काठमाडौँ । इजरायलमा रोजगारीका लागि आवेदन दिएकामध्ये दुई हजार  ११२ जनाको नाम सार्वजनिक भएको छ । इजरायल सरकारले आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार चार सय ६१ जनाको सूचीबाट दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो ।

विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । इजरायलको पिवाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १ सय ५६ महिला (६० प्रतिशत) र ९ सय ५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज