५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाढीपहिरोले काबेली करिडोरमा क्षति, पाँचथर, ईलाम र ताप्लेजुङमा तीनदिनयता बिद्युत आपुर्ति बन्द



पाँचथर ,लगातारको वर्षापछि इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुगेको छ । टावरमा क्षति भएपछि विगत ३ दिनदेखि पू्वि पहाडी जील्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलामबाट सञ्चालित आयोजनाहरूको झन्डै १८५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । टावरमा क्षति पुग्नुभन्दा अगाडि याे लाइनबाट दैनिक १८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । याे ठाउँबाट प्रसारण लाइनलाई माई नदी पार गराइएको थियो । याे ठाउँमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
काठमाण्डाैबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्भे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपछि प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ३० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज