६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस अफ नेपालकाे अर्काे सशक्त आवाज ,झापा हल्दिबारीकाे सबिना याेङहाङ



रीता थाम्सुहाङ/काठमाडाै,रियालिटी शाे भ्वाइस अफ नेपालकाे साताै एपिसाेडबाट हल्दिबारी झापाकी सुमधुर स्वरकाे धनि गायिका सबिना याेङहाङ काेचद्वय राजेश पायल राई र प्रमाेद खरेलकाे मन जित्दै अर्काे चरण ब्याटल राउन्डमा प्रवेश गर्नु भएकाे छ।

अन्तिम सहभागीकाे रुपमा आफ्नाे प्रस्तुति पेश गर्नु भएकाे झापाली बाइस बर्षिया चेलीकाे स्टेज प्रवेश नै शानदार रहेर दर्शकहरुबाट तालीकाे गड्गडाहट मिल्दा चारैजना काेचहरुबाट तारिफ मिलेकाे थियाे।

चर्चित गायक कुमार सानुकाे “के सन्देश बाेकि ल्यायाै ए बादल..”बाेलकाे गित गाएर दर्शकहरु र काेचद्वयकाे मन जित्न सफल गायिका याेङहाङले काेच राजेश पायल राईसङ्गै गित गाउदै अन्तमा टिम राजेश नै राेज्नु भयाे।

यसअघि भाेजपुरकाे टिका मगरले शानदार प्रस्तुती दिदै चारैजना काेचहरुकाे कुर्सी घुमाउन सफल हुनुभएकाे थियाे।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज