७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको खेजेनिममा पहिरो, जुम्ल्याहा बच्चा सहित एकैपरिवारको चारजनाको मृत्यु



ताप्लेजुङ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा गतराती गएको पहिरोमा परेर जुम्ल्याहा बालिका सहित  एकै परिवारको चारजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

साविक खेजेनिम-६, खेजेनिम माविको छेवैमा गएको पहिरोमा परेर फक्ताङलुङ गााउपालिका उपाध्यक्ष रविन(बिकास) साम्बाको ७० वर्षिय पिता रामबहादुर साम्बा, ५० वर्षिय आमा रनमाया साम्बा र नौ वर्षिय जुम्ल्याहा बहिनी गंगा र जमुना रहेको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताए । उनिहरुको शव घरदेखि पचास मिटर तल फेला परेको  र पचास वटा बाख्रा र तिसवटा कुखुरा सहितको  पशुचौपाया पनि पुरिएको बताइएको छ । यसरी नै पहिरोमा परेर ४० वर्षिय युगेन लिम्बू र उनको  ३ वर्षिय छोरी घाइते छन् ।

दुवै परिवारको घर पुरिएको र पूर्णरूपले क्षति भएको बताइएको छ ।

बुधबारदेखि परेको अविरल वर्षाबाट आएको बाढीले फक्ताङलुङमा छ वटा पुल बगाएपछि यातायात अवरुद्घ बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज