४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता



इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा इलाम-२ को  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज विभिन्न राजनितिक दल र स्वतन्त्र गरेर २० जनाले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढि उमेरका उम्मेद्वारहरुमा ६८ वर्षका राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका गणेश बहादुर चौहान र स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम छन् भने ६४ वर्षका जसवन्त विक्रम शाह राष्ट्रिय मुक्ति आन्दोलन पार्टिबाट, ५६ वर्षका स्वतन्त्र डाक प्रसाद गोतम,५४ वर्षका रेशम बहादुर सुनुवार नेपाली जनता दलबाट र ५३ वर्षका मनिबहादुर लिम्बु मंगोल नेशनल अर्गनाइजेशनबाट छन् । स्वतन्त्र उम्मेद्वार मनोज निरौला ४९ वर्षका छन्।

उता नेपाली काङ्ग्रेसका डम्बर बहादुर खड्का ४८ वर्षका, नेकपा समाजवादीका जीत बहादुर राई ४६ वर्षका, राप्रपाका लक्ष्मी गुरुङ  ४५ वर्षका, जनमतका प्रेमकुमार थाम्सुहाङ ४४ वर्षका, ४० वर्षिय स्वतन्त्र राज बश्याल, ३७ वर्षका स्वतन्त्र दिनेश बोहोरा र नेमकिपाको श्याम बहादुर दर्जी छन् भने ३३ वर्षका स्वतन्त्र केशव कुमार चापागाई  र नेकपा एमालेका सुहाङ नेम्बाङ छन्।

रास्वपाको ३१ वर्षका मिलन कुमार लिम्बू,२९ वर्षका स्वतन्त्र उम्मेद्वार योगेन्द्र गुरुङ र सबैभन्दा कम उमेरका २५ वर्षिय अर्जुन बहादुर शाही रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज