६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुम्लुङले हिलिहाङका युना योङहाङलाई उत्कृष्ट विद्यार्थीको रुपमा सम्मान गर्य‍ो ।



विर्तामोड,किराँत याक्थुङ चुम्लुङले महान चाड चासोक तङनामको अवसरमा पाँचथर हिलिहाङ-३, कुर्लुम्बाको विद्यार्थी युना योङहाङलाई २०७९ सालको एसईई परिक्षामा सामुदायिक विद्यालयबाट सहभागी बनेर सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै  सर्वोत्कृष्ट लिम्बू विद्यार्थी बनेकोमा नगद पुरस्कार र सम्मान पत्रसहित सम्मानित गरेको छ ।

आज कनकाईमा भएको कार्यक्रममा किराँत याक्थुङ चुम्लुङको केन्द्रीय सदस्य अमृत योङहाङले उहाँलाई खादा,नगद पुरस्कार र सम्मान पत्रसहित सम्मानित गर्नुभयो ।

नगद रु ५,०००/- र सम्मानपत्र तथा खादा रहेको धनमाया मेघावी विद्यार्थी सम्मान हरेक वर्ष उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने धनमाया अक्षय कोषको अध्यक्ष रुद्र तबेबुङले हिलिहाङ डटकमलाई बताउनुभयो।

मेघावी विद्यार्थी युना योङहाङलाई हार्दिक बधाई तथा सफल शैक्षिक यात्राको शुभकामना!!

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज