५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाकप क्रिकेट-नेपालद्वारा भारतलाई २३१ रनको लक्ष्य



काठमाडौं,एसियाकप क्रिकेटमा नेपालले भारतलाई २३१ रनकाे लक्ष्य दिएको छ।श्रीलंकाकाे क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर बलिङ राेजेकाे थियाे।

नेपालले आरिफ सेखकाे ५८ रनकाे मद्दतले ४८.२ ओभरमा १० विकेटको क्षतिमा २३० रनको सम्मानजनक याेगफल तयार पारेकाे थियाे।आरिफले ९७ बलकाे सामना गर्दै ८चौकाकाे मद्दतले ५८ रनकाे अर्धशतक खेले।पुछारमा ब्याटिङ गर्न आएका साेमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रनकाे याेगदान गरे।उता ओपनर कुशल भूर्तेलले विष्फोटक ब्याटिङ गर्दै २५ वलमा २ छक्का र ३ चौकासहित ३८ रन बनाएर पेभेलियन फर्किए ।२५ वलमा ३ चौकासहित दिपेन्द्र सिं ऐरीले २९ रन र ३५ वलमा ३ चौकासहित गुल्सन झाले २३ रनकाे याेगदान गरे।

सन्दिप लामीछाने ९ रन,भिम सार्की ७ रन,राेहित पौडेल ५ रन र कुशल मल्लले २ रन बनाउदा करन केसीले २ रन जाेडे।

भारतका लागि रविन्द्र जडेजाले३,माेहम्मद सिराजले३,हार्दिक पान्डेय,माेहम्मद सामी र सार्दुल ठाकुरले १,१ विकेट लिए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ८ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज