५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मेची अन्चलकै पहिलाे इन्जिनियरिङ कलेज विर्तामोडमा संचालन हुने,आवेदन कार्तिक -७ गते सम्म दिन पाइने।



रीता थाम्सुहाङ/नयाँ बसपार्क ,विर्तामोड ,७ असाेज,अन्तत:धेरै समयकाे प्रतिक्षापछि झापा,विर्तामोड स्थित नयाँ बसपार्कमा मेची अन्चलकै पहिलाे इन्जिनियरिङ कलेजकाे रुपमा पाथीभरा सेन्टर फर एडभान्स स्टडिज(पिसिए) सन्चालनमा आउने भएकाे छ।

पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त साे पाथीभरा इन्जिनियरिङ कलेजमा बि.इ.(सिभिल ),बि.इ.(इलेक्ट्रोनिक ),बि.इ.(कम्प्युटर )मा ४८,४८ जना विद्यार्थी भर्ना लिइने र प्रवेश परिक्षाकाे आवेदन फाराम यहि असाेज ३० गतेसम्म वितरण गरिने तथा दाेब्बर दस्तुर तिरेर कार्तिक ७गतेसम्म आवेदन दिन सकिने कलेज प्रशासनले जनाएको छ।

प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरिने पाथिभरा सेन्टर फर एडभान्स स्टडिज(पिसिए)मा शुल्क सम्बन्धमा अन्य कलेजजस्तै शुल्क  रहने कलेजले जनाएको छ।

बर्षौ पहिले भवन लगायत पूर्वाधार स्थापना गरिएपनि कलेज संचालन हुने नहुने निश्चित नहुदां इन्जिनियरिङ अध्ययन गर्न बाहिरिनु पर्ने बाध्यता हट्नुकाे साथै इन्जिनियरिङ र मेडिकल हबकाे रुपमा पूर्वकाे व्यापारिक शहर विर्तामोड परिचित रहनु सुखद पक्ष रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज