६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बू



दमक,एकमात्र जिवित भिक्टोरिया क्रस विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बुकाे ८८ वर्षको उमेरमा निधन भएको छ।
आज विहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनकाे छाेरा मोहन लिम्बुले बताए ।

दमक-८ झापा निवासी मृगौला र मुटुसम्बन्धी राेगकाे विरामी क्याप्टेन लिम्बुकाे विगत ६ महिनादेखि स्वास्थ्यमा समस्या थियाे।झापामा उपचार सम्भव नभएपछि विगत १ महिनादेखि उहाँको उपचार मेडिसिटी अस्पतालमा भइरहेकाे थियाे।

उहाँले भिक्टोरिया क्रस २१ नाेभेम्वर १९६५ मा सेकेन्ड बटालियन गाेर्खा राइफल्सबाट प्राप्त गर्नु भएको हाे।क्याप्टेन कीट माउन्सेललाई सेरिकिनको बाेर्डर नजिक इन्डाेनेशियन विद्राेहीले जङ्गलमा आक्रमणकाे प्रतिकार गर्दा उहाँले साे सर्वाेच्च पदक प्राप्त गर्नु भयाे।२० मिनेटको त्यो भयानक भिडन्तमा दुश्मनकाे सफाया र दुईजना घाइते साथीहरुलाई सुरक्षित स्थानमा पुर्‍याउनकाे साथै हातहतियार र बन्दाेबस्ती सामाग्रीकाे सुरक्षा गर्नु भयाे।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज