५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

छक्का पन्जा-४ र बुलाकीकाे भिडन्त फागुन १९ गते,के हाेला साेही दिन रिलिज हुने वर एन्ड वधु र परस्त्रीकाे बजार



नाेगेनहाङ लिम्बू/काठमाडौं ,२असाेज,सदैव दशैमा नेपाली फिल्म रिलिज गर्दै आएकाे दिपकराज गिरी र दिपाश्री निरौलाकाे छक्का पन्जा टिमले याे साल छक्का पन्जा-४लाई दशैमा रिलिज नगरेर फाल्गुन -१९गते रिलिज गर्ने भएकाे छ।

फाल्गुन १९मा आफ्नो फिल्म बुलाकी रिलिज गर्न बुकिङ गरेकै मितिमा दिपक -दिपाले छक्का पन्जा-४ रिलिज गर्ने भएपछि बुलाकी टिम आक्राेशित बनेकाे छ।अहिलेकाे परिवेशमा ब्रान्डले नभइ कलाकार अभिनय र राम्राे कथाले फिल्म चल्ने हुनाले बुलाकी पछि नहट्ने र ताेकिएकै मितिमा चलचित्र प्रदर्शन हुने जनाएको छ।

यसअघि कार्तिकमा रिलिज गर्ने तयारीमा रहेकाे बुलाकी मंसिरमा हुने चुनावकाे कारण पछि हटेकाे थियाे।छक्का पन्जा-४ र बुलाकी संगै साेहि मितिमा रिलिज हुने वर एन्ड वधु र परस्त्रीकाे प्रतिष्पर्धा समेत हेर्न रमाइलो हुने चलचित्र वृत्तमा चर्चा छ।

याे बाहेक फिल्म परस्त्रीकाे निर्मात्रीले समेत आफ्नो फिल्म रिलिज गर्न कटिबद्ध रहेकाे र सबैभन्दा पहिले आफुले रिलिज मिति बुकिङ पछि भकाभक अन्य फिलिम पनि साेहि मितिमा रिलिज हने थाहा पाएकाे बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज