७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचौं हिलिहाङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जाेरपाेखरीमा शुरु



जाेरपाेखरी-हिलिहाङ,पाँचौं हिलिहाङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हिलिहाङ -६,जाेरपाेखरीमा शुरु भएकाे छ।

प्रजातन्त्र दिवशकाे अवसरमा उद्घाटन गरिएकाे साे खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले शुभारम्भ गर्नुकाे साथै उहाँकै  अध्यक्षतामा भएको थियो ।साे खेलकुद कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समितिकाे सभापति रामराज आङ्देम्बे तथा अतिथीहरुमा जिल्ला समन्वय समिति सदस्य टेकराज याेङहाङ,उपाध्यक्ष सुमित्रा सेढाई ,नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति भगिश्वर याेङहाङ,निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव तिम्सिना ,निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङ्देन तथा खेलकुद विकास समिति पाँचथरका उपाध्यक्ष जनम लाेवा हुनुहुन्थ्यो ।

गाउँपालिकाकाे ११ वटा माविका विद्यार्थीहरुले भलिबल ,कबड्डी,कराते तथा एथलेटिक्सका विभिन्न इभेन्टहरुमा प्रतिष्पर्धा गर्ने जनाइएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज