४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रकाशित भयाे याेङहाङ बंशावली,वि.सं.१३१४ देखि हालसम्म ३३ पुस्ता ५,५०० घरधुरी



विर्तामोड,आज शिवसताक्षी-१०, माइधारमा किराँत याेङहाङ कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालयले लिम्बू समुदायको सघन वंश याेङहाङ वंशावली प्रकाशन तथा लाेकार्पण गरेकाे छ।

कियाचुका संघिय अध्यक्ष प्रेम येक्तेन प्रमुख अतिथी रहनुभएकाे वंशावली लाेकार्पण कार्यक्रम प्रतिष्ठानका  अध्यक्ष धनराज याेङहाङकाे अध्यक्षतामा गरिएकाे थियाे।

अमृत याेङहाङ संयाेजक रहनुभएकाे वंशावली सम्पादन समितिकाे सह-संयाेजक अधिवक्ता  मनु याेङहाङले इतिहास तथा मुन्धुम लेखन गर्नुभएको साे वंशावली त्रिविकाे एमएलए अनुसन्धान विधि अन्तरगत गुणात्मक अनुसन्धान विधि अपनाइएको बताउनुभयो ।

उहाँको अनुसार याेङहाङ वंशकाे इतिहासलाई प्रामाणिक बनाउनआर्कियाेलाेजिकल,एपिग्रफिकल,क्राेनिकल्स,स्याहामाेहर,लालमाेहर,सनदसवाल,काश्यरुक्का,रुक्कापत्र,अर्जिपत्र,तेरिजजस्ता ऐतिहासिक तथा पुरातात्त्विक कागजपत्रकाे आधार प्रयाेग गरेर समय र तिथि मिति प्रामाणिक बनाइएकाे छ।

अधिवक्ता तथा एम.फिल.का शाेधार्थी मनु याेङहाङले विक्रम सम्वत ११२५मा डाेयराजा नान्यदेवले सिम्रौनगढका सेन राजा उदिमसेनलाई हराएपछि सपरिवार पूर्व बराहकाेका विस्थापित भएकाे र पाँचौं पुस्तामा गाेपाल वंशावली अनुसार वि.सं.१२९८ मा राजा अभय मल्लकाे पालामा आएको भुुकम्प तथा महामारी र दुर्भिक्षबाट बराहक्षेत्रबाट तमाेरकाे गड्तिरै गड्तिर हिंवाखाेलातर्फ लागेकाे उल्लेख गरिएकाे छ।यहि उदिमसेनकाे आठौं पुस्तामा वि.सं.१३१३ मा नेपालमा फेरि भयानक भूकम्प गएर राजा अभय मल्लकाे दरवारमा नै किचिएर मृत्युु भएकाे तथा पूर्वि थेगुकेहिम्बा,याङनाममा पनि भूकम्पको कारण व्यापक जनधनको क्षति भएर कान्छा राजकुमार  मुयेनहाङ  विरक्तिएर याङरुप तर्फ जाँदा याेङहाङ मिङ्श्रा बनेकाे उल्लेख गर्नु भएकाे छ। साे वंशावलीले नेपालकाे इतिहासमा उल्लेख नभएको कैयन सेनवंशी तथा लिम्बूवानी ऐतिहासिकतालाई उजागर गरिदिएकाे छ।

राजा मुयेनहाङ देखि अक्षुण्ण लिम्बुवानकाे लागि जीवन बलिदान गर्नुहुने लिम्बूवानका अन्तिम लिम्बू राजा  अठारौं पुस्ताका राजा हिलिहाङकाे राज्यकाल वि.सं.१८१४ देखि १८३७ सम्म रहेकाे र हाल ३३ पुस्ता र ५,५०० घरधुरी र देशविदेशमा गरेर बयालिस हजार बढि जनसंख्या याेङहाङकाे रहेकाे प्रारम्भिक सर्भेक्षणमा उल्लेख गरिएकाे छ।

याे याेङहाङ वंशावली इतिहास अझ लिम्बूवान इतिहास शाेधार्थीहरुकाे लागि महत्त्वपूर्ण श्राेतसार र दस्तावेज बन्ने कुरा निश्चित रहेकाे बताइएको छ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज