नेपालगन्ज,बाँकेमा एक निर्दयी बाबुले पेट्रोल छर्केर जलाउदा दुई बर्षे अबाेध शिशुको मृत्यु हुनाकाे साथै आमा जलेर गम्भीर घाइते भएकी छिन् ।
काेहलपुर-३,शक्तिनगरका भानुभक्त बिकले आइतबार पेट्रोल छर्केर आगाे लगाउदा २ बर्षे छाेरा प्रिन्स बिक र श्रीमती गंगा बिक गम्भीर घाइते भएकाेमा छाेरा प्रिन्सकाे साेमबार भेरी अंचल अस्पताल ,नेपालगन्जमा निधन भएकाे र गंगाकाे अस्पतालमा उपचार भइरहेकाे बताइएको छ।
घाटीदेखि कम्मरसम्म जलेकाे गंगा बिक र छाेरा प्रिन्सलाई नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा लगिएकोमा पछि भेरि अन्चल अस्पताल नेपालगन्ज रिफर गरिएको थियाे।उहाँको आइसियुमा उपचार भइरहेको छ।
आमाछाेरालाई जलाएर भाग्दै गरेका भानुभक्त बिकलाई जमुनाहा नाका नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।








प्रतिक्रिया