५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्याङ्जा-२ मा उपसभापति गुरुङकाे अग्रता कायमै,पछिपछि अर्याल र घन्टी



काठमाडौं,प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा स्याङ्जा-२ काे मतगणनाकाे पछिल्लो परिणाम अनुसार नेपाली काङ्ग्रेसको उप सभापति धनराज गुरुङले निरन्तर अग्रता कायम गरिरहनु भएकाे छ। हालसम्मको गणनामा गुरुङ नेकपा एमालेका पद्मा अर्यालभन्दा २,१६३ मतले अघि हुनुहुन्छ ।

उपसभापति गुरुङले १५ हजार ७२ मत प्राप्त गर्दा अर्यालले १२ हजार ९०९ मत प्राप्त गर्नुभयाे। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको टिकराज गुरुङले ५ हजार ९६२ मत पाउनुभयो ।

उता प्रदेशतर्फ स्याङ्जा-२(१) मा नेपाली काङ्ग्रेसको भाेजराज अर्यालले २ हजार ७३० मतान्तर सहित १५,१६१ मत प्राप्त गर्दै विजयी बन्नुहुँदा नेकपा एमालेकाे माेहन प्रसाद रेग्मीले १२,४३१ मत प्राप्त गर्नुभयो। प्रदेश-२(२) मा भने नेकपा एमालेकाे बुद्धिमान श्रेष्ठले २,३३६ मत सहित नेपाली काङ्ग्रेसको महेश भट्टराईकाे २,१४६ मत भन्दा १९० मतले अग्रता कायम गर्नुभएको छ।

स्याङ्जा-१(२) मा भने ६ मतले नेकपा एमालेका सुधिर कुमार पौडेलले नेपाली काङ्ग्रेसको बद्धि बहादुर रानालाई हराउनुभयाे। पौडेलले १७,४४१ मत प्राप्त गर्दा रानाले १७,४३५ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ५४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज