काठमाँडौं । संसदीय दल नेता केन्द्रीय समितिमा पदेन सदस्य रहने व्यवस्था भएको कारण पन्ध्रौ महाधिवेशनमा आफूले कुनै पदमा उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्षी दलको नेता तथा नेपाली काङ्ग्रेस संसदिय दलका नेता भिष्मराज आङ्देम्बेले बताउनु भएको छ।
उहाँले नेताहरूबीच सरसल्लाहमै आफू महाधिवेशनमा उम्मेदवार नबनेको पनि बताउनु भयो।आफू संसदीय दल नेता रहेको र संसदीय भूमिकामै समय दिने इच्छा राखेको बताउदै आङ्देम्बेले संसदीय जिम्मेवारीलाई नै प्राथमिकता दिने जानकारी दिनुभयो।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा मंगलबार उम्मेदवारी दर्ता भइसकेको छ। आज उम्मदेवारउपर दाबी विरोध र उम्मेदवारी फिर्ताको तालिका छ भने बिहीबार बिहानदेखि मतदान सुरू हुनेछ।
कांग्रेसले यो अधिवेशनमा पदाधिकारी संख्या बढाएको छ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले उपसभापति संख्या बढाएर ३ पुर्याए उम्मेदवारी दिने मनसाय राखेका थिए। तर उपसभापति एक वरिष्ठसहित ४ पुर्याइए पनि उनले उम्मेदवारी दिएनन्।








प्रतिक्रिया