बुकायो साकाको ह्याट्रिकको मद्दतले इङ्गल्याण्डले फ्रान्सलाई ६-४ गोलले हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ ।
मियामीमा सम्पन्न खेलमा साकाले खेलको ३७,४५ र ८७ मिनेटमा पेनाल्टीमा गोल गरे । फ्रान्सलाई आधा दर्जन गोल गरेको इङ्गल्याण्डको लागि कोन्साले १८ र बेलिङघमले ९८ मिनेटमा गोल गरे । खेलको ३ मिनेटमा डेक्लान राइसले सुरुवाती अग्रता दिलाएकोमा मध्यान्तरसम्ममा फ्रान्स ४-० ले पछि थियो ।
दोस्रो हाफमा उत्कृष्ठ कमब्याक गरेको फ्रान्सले एम्बाप्पेको ४८ र ६६ मिनेटको २ गोलको सहायताले खेलमा फर्कने प्रयास गर्यो । उसको लागि बार्कोला र डेम्बेलेले ५४ र ९६ मिनेटमा गोल गरे ।
यो २ गोल सङ्गै चालु विश्वकपमा १० गोल गरेर २७ वर्षिय किलियन एम्बाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अघी छन् । उनले विश्वकपमा कुल २२ गोल पुर्याउदै किर्तिमान कायम गरे
इङ्गल्याण्डको लागि सर्वाधिक ७ गोल बेलिङ्घमले गर्दा डेम्बेलेले पनि विश्वकपमा व्यक्तिगत ६ गोल पुर्याए ।








प्रतिक्रिया