काठमाँडौै । यही भदौं ५ गते रिलिज हुने भनेर प्रचार गरिएको चलचित्र”मास्टर्नी”को प्रमोसनल गीतप्रति महिला शिक्षक समाजले आपत्ति जनाउदै हटाउन आग्रह गरेको छ ।
अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईद्वारा हस्ताक्षरित विक्षप्तिमा भनिएको छ-“यो गीतले सम्पूर्ण शिक्षक वर्ग तथा शिक्षण पेशाको चरित्रप्रति नै आघात पुर्याएको महसुस भएकोले सो गीतलाई बन्द गर्ने एवम् विभिन्न सामाजिक सन्जाल तथा मिडीयामा गरिएको प्रचारप्रसारलाई हटाउनका साथै चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग अनुरोध गर्दछौं ।” 








प्रतिक्रिया