५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यस वर्षको ५० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार पाँचथरका साहित्यकार मनु योङहाङलाई प्रदान



विराटनगर / प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा प्रतिमा पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

सोमबार आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका एक संस्था र ६ जना स्रष्टालाई नगदसहित सम्मान गरेको हो ।

यस वर्षको ५० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार पाँचथरका साहित्यकार मनु योङहाङलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार झापाको शिवसताक्षीस्थित श्री सरस्वती कन्या गुरुकुलम्लाई प्रदान गरिएको छ ।

त्यस्तै, ५० हजार रुपैयाँ राशिको ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार प्रा. डा. प्रभा भट्टराई र दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार नाटककार तथा निर्देशक घिमिरे युवराजलाई समर्पण गरिएको छ ।

२१ हजार रुपैयाँ राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि उमानाथ भट्टराई ‘अचल’लाई प्रदान गरिएको छ । त्यस्तै, २१ हजार रुपैयाँ राशिको षडानन्द प्रतिभा पुरस्कार उदयपुरका साहित्यकार पुण्य कार्की र मोरङका कवि उमेश लुइँटेललाई संयुक्त रूपमा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपाने तथा विभिन्न पुरस्कारका संस्थापकले पुरस्कृत व्यक्ति तथा संस्थालाई दोसल्ला, नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, साहित्य र संस्कृतिले समाजलाई एकताबद्ध बनाउने आधार भएको उल्लेख गरे । भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा राज्यले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

पुरस्कार ग्रहणपछि प्रतिभा पुरस्कार २०८२ का विजेता मनु योङहाङले आफ्नो उपन्यास”सेक्मुरी फूल”लाई पुरस्कृत गरिएको  यो ऐतिहासिक अवसरमा पुरस्कारले आफुमा ठूलो उर्जा र थप जिम्मेवारीको बोध भएको बताउनु भयो । उहाँले यो पुरस्कारको श्रेय उपन्यासका तमाम पात्रहरु,थातथलोको माटो र निरन्तर लेखनमा उर्जा दिने पाठक एवम् साहित्यिक यात्रामा प्रत्यक्ष साथ दिने परिवार, प्रकाशक र शुभेच्छुकलाई दिनुभयो ।

उहाँले भन्नुभयो-“एउटा लेखकको रुपमा समाजलाई हेर्ने, बुझ्ने र त्यसलाई शब्दमा ढाल्ने मेरो प्रयत्न जारी रहनेछ। यो पुरस्कारले मेरो काँधमा नेपाली साहित्य र समाजप्रतिको उत्तरदायित्व अझ थपिदिएको महसुस गरेको छु ।”

पाँचथरको हिलिहाङ-३, कुर्लुम्बामा जन्मनु भएको उपन्यासकार मनु योङहाङ २०४७ सालदेखि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यमा तीन दशक देखि अनवरत सक्रिय उहाँको “सप्तकोशीको किनारबाट” (गजल सङग्रह, सहलेखन २०५४), “फूल”(उपन्यास, २०५७), “टिकट चिठ्ठीमा”(गिती एल्बम, २०५९), “योङहाङ वंशावली”(२०७९, सहलेखन), “थोक्फेला”(उपन्यास,२०८१), “कनकाई ज्ञानमाला”(स्थानिय पाठ्यपुस्तक कक्षा-७ र ८, सहलेखन २०८१), “सेक्मुरी फूल”(उपन्यास, २०८२) लगायत दर्जनौं अनुसन्धनात्मक लेखहरु देशविदेशका प्रतिष्ठित जर्नलहरुमा प्रकाशित छन् । “अम्लारी फूङ” कवितासङग्रह र “सिङ्जाङ्गो फूल” उपन्यास प्रकाशोन्मुख छन् । प्रसिद्ध रङ्वादी कवि तथा तेस्रो दर्शनको विचारक धर्मेन्द्र विक्रम नेम्बाङको बहुल रङवादलाई साहित्य समालोचनामा प्रयोग गर्दै उहाँले दुई दर्जन बढि पुस्तकहरुको समिक्षा समेत गर्नुभएको छ ।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्रतिमा पुरस्कार प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपाने, सचिव दिङ्लाली कान्छो, अग्रज साहित्यकार खेम नेपाली, नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार कविता केशरी, प्रतिमा निरौला, मञ्जुश्री गिरी र रुपक सुवेदी लगायतले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको योगदान स्मरण गर्दै सम्मानित स्रष्टा तथा संस्थाको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे ।

वि.सं. २०३९ मा स्थापना भएको प्रतिभा पुरस्कार प्रतिष्ठानले हरेक वर्ष साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : १४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज