विश्वकप फुटबल २०२६मा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको जादुमयी प्रदर्शनमा दुईपटकको विश्वकप विजेता फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
न्यू योर्कमा सम्पन्न राउन्ड ३२ को खेलमा एम्बाप्पेले ४५ र ७४ मिनेटमा गरेको २ गोलको मद्दतले फ्रान्स राउन्ड १६ मा प्रवेश गर्दा स्विडेन ३-०ले पराजित भयो । उनी विश्वकपमा कुल १८ गोलको साथ दोस्रो स्थानमा रहेर १९ गोल गर्ने मेस्सीभन्दा १ गोलले पछि छन् । फ्रान्सका लागी ब्राडी ब्राकोलाले थप गोल ५३ मिनेटमा गरे ।
यो २ गोल सङ्गै विश्वकप फुटबल २०२६मा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । गोल्डेन बुटमा अर्जेन्टिनी लियोनन मेस्सीसङ्गै समान ६ गोलको मद्दतले अग्रस्थानमा छन् भने नर्वेका हालान्ड ५ गोलको साथ दोस्रो स्थानमा छन् ।








प्रतिक्रिया