विश्वकप फुटबलको ग्रुप जेको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ८०औ मिनेटमा फ्रिकिकमार्फत जोर्डनविरुद्ध सानदार गोल गर्दै विश्वकपमा किर्तिमानी गोल सङ्ख्या १९ पुर्याएका छन् । यो जर्मन क्लोज र फ्रान्सेली एम्बाप्पेको भन्दा ३ ले बढी हो ।
चालु विश्वकप २०२६ मा मेस्सी अब ६ गोलको साथ गोल्डेन बुटमा सबैभन्दा अघि छन् । समान ४ गोलको साथ फ्रान्सका एम्बाप्पे, डेम्बेले तथा ब्राजिलका भिभियस र नर्बेका हालान्डले पछ्याइरहेका छन् ।
डलास स्टेडीयममा सम्पन्न खेलमा शतप्रतिशत जीत निकाल्दै अर्जेन्टिनाद्वारा जोर्डन ३-१ले पराजित भयो।
अर्जेन्टिनाको लागि जियोभानीले १९ र मार्टिनेजले पेनाल्टीमा ३१ मिनेटमा गोल गर्दा जोर्डनका मुसा अल तामनले ५५ मिनेटमा गोल फर्काए ।
यो समूहबाट अष्ट्रिया र अल्जेरिया समान ३-३ गोल गर्दै ४-४ अङ्कको साथ दोस्रो चरणमा प्रवेश गरे । यो सङ्गै एसियाली इरानको नकआउट चरणमा पुग्ने सपना चुर भयो ।








प्रतिक्रिया