काठमाडौ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्वकप फुटबल २०२६को समूह आइबाट इर्निङ हालान्डको २ गोलसङ्गै नर्वे विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
उनले ४८ र ५८ मिनेटमा गोल गरेर ४ गोलसहित गोल्डेन बुटमा फ्रान्सका एम्बाप्पे सहित दोस्रो स्थानमा रहँदा सेनेगल ३-२ले पराजित भयो । नर्वेका लागि मार्कोस पेडरसनले ४३ मिनेटमा सुरुवाती गोल गरेका थिए ।
सेनेगलका लागि इस्मल्ला सारले ५३ र ९३ मिनैटमा गोल गरेका थिए ।
फ्रान्स शिर्षस्थानबाट नकआउटमा पुग्दा सेनेगल र इराक भने तेस्रो र चौथो हुँदै बाहिरिएका छन् ।








प्रतिक्रिया