काठमाडौं । विश्वकप फुटबल-ग्रुप एफको खेलमा एसियाली जापानले नेदरल्याण्डलाई २-२ को बराबरीमा रोकेको छ ।
डलास स्टेडियममा सम्पन्न खेलमा डच खेलाडी भान डिजीकले ५१ मिनेटमा गोल गर्दै दिलाएको अग्रता जापानका केइटो नाकामुराले ५७ मिनेटमा गोल गर्दै बराबरी गरे ।
क्रिसेन्सो समरभिलले ६४ मिनेटमा गोल गरेपछि नेदरल्याण्डले अग्रता लिएकोमा दाइची कामाडाले ८९ मिनेटमा पुन: जापानको लागि बराबरी गोल गरे ।








प्रतिक्रिया