काठमाडौं । साहित्यकार शोभा अधिकारीद्वारा लिखित पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
लोकार्पण कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।
‘यो पुस्तकले आफूलाई चिन्न, आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय गर्न, सकारात्मक सोच विकास गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ,’ लेखिकाले भनिन् ‘ यो आत्माको बीउ हो, जसले पाठकको जीवनमा सफलताको बिरुवा उम्राएर हुर्काउन मद्दत गर्नेछ ।’
उक्त पुस्तक लोकार्पण समारोहमा अभिनेता दयाहाङ राईले आफूले ज्ञान र अनुभवलाई सहज रूपमा दर्शकमाझ पुर्याउन अभिनयलाई माध्यम बनाएको उल्लेख गरे -‘मलाई पुस्तक पढ्न निकै रुचि लाग्छ । विभिन्न प्रकारका पुस्तकहरू पढ्ने गर्छु,’ उनले भने, ‘एक पाठकको रूपमा पुस्तक पढ्न त सक्छु, तर यस विषयमा विस्तृत रूपमा बोल्न भने आफूलाई त्यति सहज लाग्दैन । ’
कार्यक्रममा साहित्य, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया