काठमाँडौं । आर्सेनललाई पेनाल्टी सुटआउटमा हराउदै पेरिस सेन्ट जर्मन युरोपियन च्याम्पियन बनेको छ । च्याम्पियन्स लिगको केहिबेर अघि बुल्गेरियाको पुस्कास एरिनामा सम्पन्न फाइनल खेलमा आर्सेनल ४-३ ले पराजित भएको हो ।
खेलको ५ मिनेटमा काइ हाभेजले गोल गर्दै आर्सेनललाई सुरुवाती अग्रता दिलाएकोमा ६४ मिनेटमा डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पछि थपिएको समयमा समेत गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा एबेर्ची एज र ग्रावियल मगरेजले आर्सेनलको तर्फबाट पेनाल्टी चुकाएपछि फ्रेन्च टिमले च्याम्पियन बन्दै १७० मिलियन डलर पुरस्कार जित्यो । उता उपविजेता आर्सेनलले भने १६२ मिलियन डलर प्राप्त गर्यो ।








प्रतिक्रिया