कविता-मुन्धुममा वर्णित रकेटकाे कथा
-धर्मेन्द्र नेम्बाङ
१.बाल्यकालदेखि म जता लाग्याे उतै झुल्कने
डाँडाकाँडा पछ्याउने, सधै निगरानी गरिरहने
उनै साेल्टिनी चन्द्रमा यिङ थिए र म याङ
चन्द्रमालाई भेटने धाेकाेले मैले एउटा आधुनिक रकेट(अन्तरिक्षयान) बनाए ।
अन्तरिक्षयानकाे माेहकताले हाेला, मेराे समर्पणले हाेला एक दिन साेल्टिनी पाताल लाेकमा झरे पछ्याैरी हल्लाउँदै
अनि हामी उहीँ सुइरे रकेट चढेर अन्तरिक्ष यात्रामा निस्कियाै पछ्याैरी हल्लाउँदै
कावा खाँदै स्पेस स्टेशनमा उच्लियाै, लामो सुरुङ छिचोल्दै
यात्रा र गन्तव्यकाे चरम आनन्दले छचल्किएर म टुुक्रिदै पुगे । खण्ड, खण्ड, खण्ड टुक्रिदै खसे ।
२. टुक्रिएर अर्बिटर नामक सेटलाइट त्यहि फनफनी घुमिरहेकाे । अरु टुक्रिएकाे टुक्राहरु उच्छिटिएर ल्याण्डर नामक भर्याङ र राेभर नामक कार उनीकाे मातहतमा छाेडिएकाे । याे उनलाई चिनाे भयाे । भेटघाटकाे दशीप्रमाण ।
३.टुक्रिएर खसेकाे खण्ड म
शिथिल भएर पृथ्वी जगतमा
लुलाे भएर चाेलुङ पार्कमा खसेकाे
अनि उम्रिएकाे छुट्टी(मुक्ति)काे बाेट भएर या उन्युकाे बाेट भएर पाेखरीकाे नजिक ।
४.उनी साेल्टिनी चन्द्रमा (लायाेमा) उच्छिटिएपछि
हाम्रो प्रेमकाे पुर्णता सकियाे, र अपुर्णताकाे चक्कर चल्याे ।
अब बाँकी रह्याे विरहकाे लय । एउटा छुट्टीपछि हामी यिङ र याङ भयाै यिङयाङबाट ।
अनि लामाे लामाे पालामकाे लयहरु ।
५.पुर्णीमाकाे रातमा उनी उज्यालाेकाे टक लिएर भाैतारिदै खाेजिरहन्छन पृथ्वीभरि
औैशीकाे रातभर कक्षमा बसेर घामकाे प्रकाश चाेर्दै एकटक हेरिरहन्छन् ओरालो ।
६.आउनत उनी चाेलुङ पार्क आइपुग्छन् । उन्युकाे बाेटलाई पनि हेर्छन् । वरिपरि घुम्छन् । साथमा फाेटाे, सम्झना, माैसम वातावरणकाे जानकारी बाेकेकाे । र फेरि पनि उहीँ सम्झना भेटघाट र माया प्रेमकाे याेजना बाेकेकाे ।
७.म तिनै गतिविधि उन्युकाे बाेट भएर हेरिरहेकाे ।
(यस कवितामा उल्लेखित यिङयाङ भनेकाे कुनै चीजवस्तु पुरुष र स्त्री दुवैकाे अंशभागबाट बनेकाे हुन्छ भन्ने प्रचीन चिनियाँ दर्शन हाे । यो विचार विशेषगरी लाओ त्सु जस्ता चिनियाँ दार्शनिकहरूसँग जोडिएको छ, र ताओवाद (Taoism) मा यसको गहिरो प्रभाव छ। यिङ (Yin) → अन्धकार, शान्त, स्त्रीत्व, चिसोपन, रात । याङ (Yang) → उज्यालो, सक्रिय, पुरुषत्व, तातोपन, दिन । यी दुई शक्तिहरू विरोधी मात्र होइनन्—एकअर्काका पूरक हुन् भन्ने कुरामा उनीहरुको विश्वास छ । दिन-रात, तातो चिसाे, उज्यालो-अन्धकार भने झै जीवनमा सन्तुलन नै स्वास्थ्य र शान्तिको आधार हो ।
यिङ–याङको प्रसिद्ध चिन्ह (☯️) मा: कालो भाग (यिङ) भित्र सेतो बिन्दु हुन्छ । सेतो भाग (याङ) भित्र कालो बिन्दु हुन्छ । यसको अर्थ: हरेक चीजभित्र त्यसको विपरीत तत्वको बीउ हुन्छ । काम (Yang) र आराम (Yin) बीच सन्तुलन आवश्यक । यिङ–याङले के सिकाउँछ, पूर्ण रूपमा राम्रो वा नराम्रो केही हुँदैन । विरोधी कुरा पनि मिलेर काम गर्छन् परिवर्तन नै संसारको नियम हो ।
रकेट(अन्तरिक्षयान)काे धेरै भागहरु टुक्रिएर अन्तमा चन्द्रमामा, ल्याण्डर र राेभर मात्रै पुग्छ । अर्बिटर कक्षमा बस्छ । फर्किने मिसनकाे हाे भने मात्रै पेलाेड फर्किन्छ । नत्र पहिलो खण्ड टुक्रिएर खस्छ । दाेस्राे खण्ड अाकाशमा नै डेस्ट्राेय हुन्छ । यसै कथनकाे मर्म छ यस कवितामा ।)








प्रतिक्रिया