४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डोजर चलेपछि प्रधानाध्यापक शान्त श्रेष्ठको भनाइ – स्कुल बन्ने नै सरकारी जग्गामा हो



१९ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित जग्गा खालि गर्ने क्रममा सरकारी जग्गामा बनेको विद्यालयहरू पनि भत्काउने क्रमलाई निरन्तरता दिदै २०५३ सालदेखि सञ्चालित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन डोजर लगाएर भत्काइएको छ ।

कक्षा १ देखि ८ सम्म रहेको यस विद्यालयमा १२० बढी विद्यार्थी रहेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जानकारी गराए ।

बालाजु–१९ मा रहेको सुकुवासीवस्तीका भवन भत्काउने जानकारी १५ वैशाखमा जानकारी गराइएको थियो । सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दा समेत सरकारी पक्षले सुनुवाइ नगरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

‘विद्यालय सरकारी जग्गामै बन्ने हो । विद्यालय नभत्काउन आग्रह गर्‍यौं,’ श्रेष्ठले  भने, ‘हाम्रो कुराको सुनुवाइ भएन ।’

महानगरले विद्यालय भत्काउने जानकारी गराएपछि विद्यालयका सामग्रीहरू नजिक रहेको अर्को विद्यालय तरुण माविमा सारिएको छ । तत्कालका लागि आश्रयस्थलका रूपमा तरुण मावि भएपनि दीर्घकालीन समाधान नभइसकेको प्रधानाध्यापक श्रेष्ठले बताए । उनले भने, ‘विद्यालयका सामान सबै सार्‍यौं । विद्यार्थीहरूलाई पनि त्यहीं आउन भनेका छौं । अब कसरी पढाउने अन्योलमा छौं ।’

१६ कोठे विद्यालयमा अधिकांश मजदुरका बाल बच्चाहरू पढ्दै आएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : २३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज