हिलिहाङ। हिलिहाङ गाउपालिका वडा न. ५ लयम्बामा पिकअप दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको निधन हुनुको साथै २ जना घाइते भएको जनाइएको छ ।
पाँचथर हिलिहाङ गा.पा.५ बञ्चरेडाँडा स्थित गुरासे-सुभाङ भित्री कच्ची सडक खण्डमा दोक्किलेबाट सुभाङ तर्फ जादै गरेको मे.१ च.६०२९ नं.को अम्लिसोको कुचो बोकेको पिकअप गाडी टर्निङमा अचानक अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल सडकको अर्को टर्निङको बाटो झरी दुर्घटना भएको बताइएको छ।
उक्त दुर्घटनामा घाईतेहरुलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि पठाईएकोमा जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा सोही गाडीमा सवार पिकअप (सवारी) धनी जि.पाँचथर हिलिहाङ गा.पा.५ सुभाङ बस्ने बर्ष अं.२४ को आभास माबोलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सोही गाडीमा सवार हिलिहाङ गा.पा.५ बस्ने बर्ष अं.२४ को सन्दिप उभरकोटीको अवस्था बोल्न सक्ने सामान्य रहेकोले उपचार भईरहेको तथा पिकअप चालक जि.झापा बुद्धशान्ती गा.पा.६ बस्ने बर्ष अं.२५ को कृष्ण बहादुर बराईलीको अवस्था समान्य रहेकोले चालक जिप्रका पाँचथरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ।








प्रतिक्रिया