कठमाडौं । माल्दिभ्समा जारी साफ यु-२० फुटबलको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग १-० ले पराजित भएको छ । यो पराजयसँगै नेपालको साफ यु-२०को उपाधी जित्ने सपना चकनाचुर भएको छ ।
खेलको १० मिनेटमा बङ्गलादेशको ९ नं जर्सीका मोहम्मद मालीले सानदार हेडमार्फत विजयी गोल गरे । पाएको कर्नरमा मोसुद अलिले उनलाई पास दिएका थिए ।
थप समयमा नेपालले गोल फर्काउने प्रयास गरेपनि गोल हुन सकेन र नेपाल सेमिफाइजलबाटै घर फर्किन बाध्य भयो ।








प्रतिक्रिया