६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दक्षिण कोरियाको सोलमा आख्यानकार मनु योङहाङको आठौ कृति उपन्यास ‘सेक्मुरी फूल’ विमोचित



सोल, दक्षिण कोरियाको राजधानी सोलमा आख्यानकार मनु योङहाङको आठौ कृति उपन्यास ‘सेक्मुरी फूल’ एक समारोह बिच विमोचन गरिएको छ। कोरियाको सोलमा थाम्सुहाङ सेवा समाजको आयोजनामा उहाँको हालै प्रकाशित उपन्यास “सेक्मुरी फूल” विमोचन गरिएको हो ।

यहि अक्टोवर ६ तारिख सोलको पुजा रेष्टुरेन्टमा विमोचित सो कार्यक्रमको अध्यक्षता नुबेन्द्र थाम्सुहाङ र सन्चालन इन्द्र थाम्सुहाङले गर्नु भएको थियो। विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नुबेन्द्र थाम्सुहाङले भन्नुभयो- “सेक्मुरी फूल एक नाम, जसमा नेपाली समाजको गहिरो आत्मा धड्किन्छ । उपन्यासले मूलतः सामाजिक यथार्थ मात्र होइन, सांस्कृतिक संवेदनाका मूर्तता साथै भूमिको गन्ध, जनजीवनको सुस्केरा र परम्पराका धड्कनहरूका सजीवतालाई छर्लङ्ग्याएको छ।”

उहाँको दावी थियो-” उपन्यासमा आख्यानीकरण गरिएका मिथकहरू केवल सुनेर बिर्सिने कथा होइनन् ती जीवन्त सन्देश हुन् जसले हाम्रो पहिचान, आस्था र अस्तित्वलाई नयाँ दृष्टिमा पुनः व्याख्या गर्छ । लेखकका शब्दहरूमा मिथक र यथार्थको सौम्य संवाद हुन्छ जसले पाठकलाई सोचको नवीन संसारमा उभ्याउँछ ।”

विमोचनको क्रममा उहाँले प्रष्ट रुपमा थप्नु भयो -“सेक्मुरी फूल” केवल उपन्यास होइन, यो एक दर्शन हो—एक आत्मसंवाद, जहाँ किरात मुन्धुम र बौद्ध चिन्तन एकै धारामा बग्दछन् । मनु योङहाङको कलमले मुन्धुमलाई आधुनिक चेतनासँग संवाद गराउँछ र त्यस संवादभित्र मानवीय अस्तित्वको सुगन्ध फुलाउँछ—सेक्मुरी फूलझैँ, जसको रङ्ग पनि सौन्दर्य हो र सुवास पनि अनुभूति ।”

सो विमोचन कार्यक्रममा कोरियाभरका बाक्लो सङ्ख्यामा साहित्यप्रेमी महानुभावहरुको उपस्थिती थियो । कार्यक्रम सन्चालक इन्द्र थाम्सुहाङले उपस्थित साहित्यप्रेमी महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुको साथै उपन्यास ‘सेक्मुरी फूल’ को सफलताको कामना गर्नु भएको थियो ।

आख्यानकार योङहाङको यो उपन्यास गत २०८२ साल भदौं २१ गते काठमाडौैको अनामनगर स्थित युनियन हाउसमा नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्व कुलपति तथा बरिष्ठ कवि बैराँगी काहिँलाको करकमलबाट विमोचन गरिनुको साथै अष्ट्रेलियाको होबार्टमा समेत यहि ९ अक्टोबर २०२५ मा विमोचन गरिएको थियो ।

पाँचथरे आख्यानकार मनु योङहाङको यसअघि “सप्तकोशीको किनारबाट” (गजल सङ्ग्रह, २०५४), “फूल”(उपन्यास, २०५७), “टिकट चिठ्ठीमा”(गीत एल्बम, २०५९), “थोक्फेला”(उपन्यास, २०८१), “योङहाङ वंशावली”(सम्पादन, २०७९), कनकाइ ज्ञानमाला(सहलेखन, कक्षा-७, २०८१) र कनकाइ ज्ञानमाला(सहलेखन, कक्षा-८, २०८२) प्रकाशित छन् । उहाँ हाल झापामा मावि तह गणित विषयको स्थायी शिक्षक हुनुको साथै नेपाली लेखक सङ्घको केन्द्रिय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज