१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टिकाकै दिन झापाको बुट्टाबारीमा भएको बस दुर्घटनामा ३को मृत्यु, १६ घाइते



झापा – दशैको टिकाकै दिन झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक बस (प्रदेश १–०११–००१ ख ४४५९) अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । चौधरी बसको कन्डक्टर हुन् । एकजनाको पहिचान खुलेको छैन । पुरुषको सनाखत भने हुन सकेको छैन।

दुर्घटनामा एक दर्जनभन्दा बढी सोह्र यात्रु घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी बिएनसी मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले बताए

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बिहिबार  ४ : १६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र