१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवाखोलामा अचेत फालेलुङ –७ पापुन्दिनको मनिषा आङ्बोको निधन



पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ र हिलिहाङ गाउँपालिका वडा नं. ७ सिमाना स्थित हेवाखोलामा एक युवती अचेत अवस्थामा फेला परेकी छिन्।

अन्दाजी २४/२५ वर्ष जस्तो देखिने पहाडी मूलकी जस्तो देखिने युवतीलाई खोलाले बगाएर ल्याएको अचेत अवस्थामा देखेपछि स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार गरेका थिए।

घटनास्थलबाट तत्कालै जिल्ला अस्पताल पाँचथरमा ल्याएर उपचारको लागि भर्ना गराइएको थियो। बिहान १०ः३० बजे फेला परेकी ती युवतीलाई जिल्ला अस्पतालमा ११ः१० बजे पुर्‍याइएको थियो। चिकित्सकले जाँच गर्दा बिहान ११ः१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक युवती फालेलुङ गाउँपालिका–७ पापुन्दिन बस्ने रत्नकुमार आङ्बोकी छोरी मनिषा आङ्बो भएको मृतकका काका जसनन्द लिम्बुले सनाखत गरेको जिल्ला प्रह्री कार्यालय पाँचथरले जनाएको छ ।

युवतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको