काठमाडौं, राष्ट्रिय परिक्षा वोर्डले सम्बत् २०८१ सालको माध्यमिक शिक्षा परिक्षा एसइइ परिक्षाको नतिजा सार्वजनिक गरेको छ । यस पटक ६१.८१% ले सफलता हासिल गरेका छन् ।
कुल ४ लाख ३८ हजार ८९६ जनामध्यै २ लाख ७१ हजार २९९ जना सफल भएको बोर्डले जनाएको छ । उता एनजी ल्याउने भने १ लाख ६७ हजार ५९७ जना छन् ।
ए प्लस ल्याउने ४८ हजार १७७ जना, ए ग्रेड ८१ हजार ३८५ जनाले , बीप्लस ८९ हजार १२४ जनाले र बी ग्रेड ४८ हजार ४७१ जनाले तथा सी ग्रेड ४ हजार ९२६ जनाले ल्याएको बताइएको छ ।








प्रतिक्रिया