१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नयाँबसपार्कमा आफ्नै श्रीमतीमाथि चक्कु प्रहार



फिदिम । पाँचथरको फिदिम नगरपालिका–२ स्थित नयाँबसपार्कमा घरेलु विवादका क्रममा एक पुरुषले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्।

फिदिम–११ लुङरुपाका २८ वर्षीय सुर्य सेरेङले हाल डेरा गरी बस्दै आएका घरमा आफ्नी २३ वर्षीया श्रीमती बिपना क्षेत्री कट्वालमाथि तरकारी काट्ने चक्कुले टाउको, गाला, घाँटी र छातीमा आक्रमण गरेको पाँचथर प्रहरीले जनाएको छ ।

स्थानीय पर्शुराम अर्यालको घरमा डेरा बस्दै आएका उनीहरूले आज दिउँसो घरायसी विवादका क्रममा घटनामा उत्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट प्रहरी योगेश दाहालको कमाण्डमा टोली खटिई घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ।

हाल पीडितको अवस्था बोल्न सक्ने मध्यम रहेको बताइएको छ। चक्कु प्रहार गरेका सुर्य सेरेङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर बुझाएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : २६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको