२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवा खोलामा ब्रिज भाँचिदा आइतबार उपचारको क्रममा ३ जनाको मुत्यु



पाँचथर । मेचि र राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार उपचारको क्रममा ३ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन ।


मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष २२ का रोकेश चौधरी रहेका छन् । मृतक सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका १२ का हुन् । मृतक सबैलाई शनिबार राति पाँचथरमा उपचार सम्भव नभए बिराटनगरको नोबल अस्पतालमा रेफर गरिएको थियो । मृतकहरुकाे शव बिराटनगरको नोबल  अस्पतालमै रहेकाे प्रहरीले जनाएकाे छ ।


घाइते २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरीको उपचार भइरहेको बताइएको छ । शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ३१ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण