२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तोकिएको मितिमा तत्काल शिक्षा ऐन जारी हुने अवस्था कम ।




काठमाडौ । सरकार र शिक्षक महासंघबीच भएको सम्झौता बमोजिमको मितिमा शिक्षा ऐन जारी हुने सम्भावना कम हुँदै गएको छ । 

शिक्षा समितिको छलफलमा सहभागी सदस्यहरुको अभिव्यक्तिले सो संकेत गरिरहेको छ । 

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकारले र शिक्षकहरूबीच सहमतिमा हस्ताक्षर भएको बताएका छन् । उनको अभिव्यक्तिले आन्दोलन तुहाउन रित्तो सहमति भएको संकेत गर्छ ।

शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफुले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताए । थापाको सो अभिब्यक्तिले तत्काल ऐन जारी हुने सम्भावना लगभग शून्य जस्तै भएको आँकलन गर्न सकिन्छ । आफूलाई कसैले जबरजस्ती हस्ताक्षर नगराएको स्पष्ट पार्दै सभापति थापाले नैतिक रुपमा नगरी नहुने वातावरण सिर्जना भएपछि उक्त कार्य गरेको स्पष्ट पारे ।

अझ पूर्व शिक्षा मन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले झन कडा कटाक्ष गरेकी छन् । ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै उनले प्रश्न गरेकी छिन् ।

शनिबार समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

पूर्व शिक्षा मन्त्रीसमेत रहेकी श्रेष्ठको सो अभिब्यक्तिले शिक्षक महासंघ र समिति बीचमा अझ दरार कायम हुनेछ । 

यसले समेत ऐन जारी हुन तत्काल सम्भव नहुने र ऐन जारी गर्नेै सन्दर्भमा शिक्षक महासंघसँग भएका सम्झौता हुबहु लागू हुनेमा आंशका बढाएको छ ।  

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ९ : ४८ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण